गैरआवासीय नेपाली संघ (एनआरएनए)को यही अक्टोबरको १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागेको नवौं विश्व सम्मेलनको तयारी उत्कर्षमा छ । विश्वभरबाट गैरआवासीय नेपालीहरू काठमाडौंमा भेला भएका छन् । नयाँ नेतृत्वको लागि विभिन्न ओहदामा उम्मेदवारी घोषणाको लहर चलेको छ । यसै क्रममा अध्यक्षको प्रवल दाबेदार कुल आचार्यले दश बुँदे कार्ययोजनासहित औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका…