सिड्नीमा इन्टु मिन्टु लन्डनमाको भब्य प्रीमियर

राजन घिमिरे, अष्ट्रेलिया अन्ततः नेपालजस्तै चलचित्र 'इन्टु मिन्टु लन्डनमा'ले प्रवासमा पनि आफ्नो क्रेजलाई देखाइकन छाड्यो । अष्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन शुरू गरेको यो चलचित्रले विशेष गरेर सिड्नीमा अपार दर्शकहरू पायो । सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा चलचित्रसँगै यसका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भेट्न पाउने कारणले पनि चलचित्र हेर्न दर्शकहरू ओइरिएका थिए…