राजन घिमिरे, अष्ट्रेलिया आफ्नो जन्मभूमिमा आपत्त पर्दा वा मूलुकलाई चोट लाग्दा प्रवासमा रहेका नेपालीहरूको पनि मन दुख्ने गर्छ । आ-आफ्नो क्षेत्रबाट सहयोग गरेर मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न प्रवासी नेपालीहरू तम्तयार रहन्छन् । यस क्रममा नेपालमा मध्यतराईको बारा र पर्सामा आएको प्राकृतिक प्रकोप (हुरीबतास)ले त्यहाँस्थित मानव जीवनमा निम्त्याएको दुखद परिस्थिति, विपद र समस्याहरुमा गैरआवासीय नेपाली संघ…