राजन घिमिरे, अष्ट्रेलिया यतिबेला अस्ट्रेलियामा उच्च अध्ययनका लागि आएका करिब एक हजार नेपाली विद्यार्थी कलेजको खारेजीसँगै अलमलमा परेका छन् । के गर्ने–कसो गर्ने, अब भविष्य के होला ? भन्ने चिन्ताले उनीहरूलाई पिरोल्न थालेको छ । यस विषयमा यो क्षेत्रसँग आबद्ध सरोकारवालाहरूले पनि विद्यार्थीको हितमा आवाज उठाउन थालेका छन् । यसैबीच विद्यार्थीहरूको हकÞ, हित र अधिकारको…