भूपू गोर्खाका सन्ततिको उमेर सीमा खारेज

लण्डन । बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिनेसम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् । पहिले १८ वर्षमुनिका छोराछोरीले मात्र बेलायतको आवासीय अधिकार पाउने प्रावधानका कारण धेरै गोरखाहरुले १८ वर्ष नाघेका छोराछोरीहरुको भिसा आवेदन गरेका थिएनन् । अब उनीहरुले बेलायतको आवासीय अधिकार पाउने बाटो खुलेको छ…