अष्ट्रेलियामा रवीन्द्रको सम्झना

हेलिकप्टर दुघंटनामा ज्यान गुमाएका पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको स्मृतिमा ‘पोखरा समाज अष्ट्रेलिया’ले सिड्नीमा शोकसभा आयोजना गरेको छ । सिड्नीको कोग्रा पार्कमा आयोजित शोकसभामा समाजका अध्यक्ष राजकुमार अधिकारीले मूलुकले आशालाग्दो र विकासप्रेमी नेता गुमाएको भन्दै दुःख ब्यक्त गरे । रवीन्द्र कुनै एक दलका मात्र नभई सबै पक्षबाट सह्राइएका नेता भएको उनको धारणा थियो ।…