संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ । पीडित भएर नेपाली दूतावासमा उद्दारको लागि पुगेका नेपाली महिला र पुरुषले उजुरी दिएको आधारमा दूतावासले कानुनी कारबाही गर्नको लागि ती व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । दूतावासका प्रवक्ता कृष्ण अर्यालका…