‘डोरी’का अभिनेता कुशवाहाको अनौठो प्रचार गतिविधि

नेपाली चलचित्र ‘डोरी’ आगामी शुक्रवार (१५ चैत) देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा, चलचित्रका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखापरेका छन् । घाँटीमा डोरीको माला लगाइ रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक…