जमुना वर्षा शर्मा सुन्दर नगरी पोखरा । नौ तालले सिंगारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।…