‘लुट्न सके लुट’लाई जस्ताको तस्तै यूट्युबमा राख्न आग्रह

बहुचर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरिएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादमा तानिएको उक्त गीतलाई पुनः यूट्यूबमा राख्न आग्रह गरिएको हो । प्रतिष्ठानको आइतबार बसेको बैठकले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार…