राजेन्द्र पाठक ऊ प..र शङ्खको एकोहोरो स्वर !खोलावारिबाट सबै त्यतै हेर्दैछन्आज को बितेछ ?… राम ! राम !!बैकुण्ठ बास होस् !तर अनौठो दृष्य देखिँदै छ त्यहाँ ।अघि-अघि बुर्की छर्ने दौडिरहेको छलगाएको छ उसले कालो कोट !शङ्ख फुक्नेले पनि लबेदा सुरुवाल र कालोकोट नै पहिरिएको..हेर्दै न्यायाधीश जस्ता देखिन्छन् मलामीहरूअपरिचित आँखामा पट्टी बाँधेर एक जनाहातमा तराजु देखाउँदै…