चलचित्र नायक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्धी…