कोरोनाप्रदत्त निराशा भुलाउन आउँदैछ ‘खै के खै के’

कोरोनाका कारण निराश भएर घरभित्रै बन्दी बनेका बच्चादेखि बूढासम्मलाई हँसाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण भइरहेको छ । झापा भद्रपुर नगरपालिका–९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गरेका हुन् । लामो समयदेखि सिनेमा, नाटक र भिडियो गीतको निर्देशनमा लाग्नुभएका…