विख्यात गायिका आशा भोस्ले नेपाल आउँदै

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार (९ पुस) नेपाल आउँदै छिन् । राजधानीको पुतलीसडकस्थित साधना कला केन्द्रको निमन्त्रणामा नेपाल आउन लागेकी भोस्लेले आगामी शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने सो केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए । उनका अनुसार गायिका भोस्लेलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने कार्यक्रम तय…