रनवे ड्रिम्सको उपाधि निश्चल र सिमरनलाई

‘रनवे ड्रिम्स २०१९’को उपाधि निश्चिल न्यौपाने र सिमरन चौधरीले जितेका छन् । ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार साँझ थापाथलीस्थित ब्लुस्टार इभेन्टसमा उनीहरूले सो उपाधि जितेका हुन् । दुवै विजेताले आयोजकको तर्फबाट नगद एक लाखबराबरका विभिन्न अवसरका आकर्षक प्याकेज हात पारेका छन् । प्रतियोगितामा पुरुषतर्फ निश्चल १९ र महिलातर्फ सिमरन आठ प्रतियोगीलाई पछि पार्दै…