युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

नेपालमा युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ भन्नेमा आधिकारिक तवरले कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि…