दाङको भालुबाङमा राप्ती नदीको पुलबाट यात्रुबाहक बस नदीमा खसेको छ । शुक्रबार राति भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत भइसकेको छैन । नेपालगन्जबाट काठमाडौंका लागि प्रस्थान गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको हो । बसमा तीन दर्जन यात्रु रहेका…