मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस शहरमा एउटा पर्व आयोजना भइरहेको स्थानमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीइ)ले जनाएको छ । ‘तीन जना महिलासहित १६ जनाको शव फेला परेको छ । उनीहरुलाई बन्दुकको गोली लागेको थियो’, एफजीइले भनेको छ । आक्रमणमा अरू दर्जनौँ…