स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले दिल्ली विमानस्थलबाट उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन् । यो घटना आइतबार (२६ अप्रिल) बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १ः०८ बजे धावनमार्गमा थियो। विमानमा…