घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् । पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाइका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त शहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो । बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण…