भवनमा आगलागी हुँदा चीनमा २५ जनाको मृत्यु

उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुऱ्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ शहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चारतले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ । उक्त टिभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको…