विशेष प्रतिनिधि, जापान जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले बुधबार (१८ फरवरी) बिहान सामूहिक राजीनामा दिएको छ। गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले नयाँ संसद् बैठक सुरु हुनुअघि यो कदम चालेकी हुन् । फेब्रुअरी ८ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले ४६५ सिटमध्ये दुई तिहाइभन्दा बढी स्थानमा जित हासिल गरेको…