कङ्गो जहाज दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कङ्गो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ ।…