ट्रम्पको सहयोगको प्रस्ताव अस्वीकार गर्दै खामेनीले भने- ‘तपाईंलाई कसैले विश्वाश गर्दैन’

इरानका सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाइँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने अभिव्यक्ति दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाइँमा सहयोग गर्नसक्ने भनाईको जवाफमा खामेनीले सो प्रतिक्रिया दिएका हुन् । आइतबार (२२ मार्च) इरानमा थप १२९ जनाको मृत्यु भएको छ ।…