टोकियोमा पनि ‘लक डाउन’को सम्भावना

■ श्याम क्षेत्री, टोकियो (जापान) टोकियो गभर्नर युरिको कोइकेले राजधानीमा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा देखिएकोले आगामी अप्रिल १२ सम्म विशेष परिस्थितिमा बाहेक बाहिर ननिस्कन महानगरवासीलाई आग्रह गरेकी छन् । बुधबार (२५ मार्च) मात्रै टोकियोमा ४१ जना थप संक्रमित भेटिएपछि सोही दिन अपरान्ह भएको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर कोइकेले स्थिति थप गम्भीर बन्दै गइरहेको बताइन्।…