अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदबाट बर्खास्त गरेका छन् । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरू संकटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइटहाउसको ठम्याइ छ । बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाइ राख्दै राष्ट्रपति ट्रम्पले ट्विटमा भनेका छन्, ‘मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उहाँले…