आँधीको डरले भारतको उडिसाका आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।सामुद्रिक आँधी दुई सय किलोमिटर प्रतिघन्टाको गतिमा आउन लागेको अनुमान मौसमविदहरूले गरेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरूले उडिसा राज्यको कम्तीमा १३ वटा जिल्लाका सात लाख ८० हजार व्यक्तिलाई आँधीले…