श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले गृहमन्त्री बी. अबयवर्दनाले देश निकाला गरिएको बताएका छन् । कुन–कुन देशका नागरिक देश निकाला गरिए भन्ने नखुले पनि प्रहरीले जनाएअनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला…