भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् । भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ ।…