रामाफोसा भारतको ७०औँ गणतन्त्र दिवसका प्रमुख अतिथि

भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन् । आउँदो जनवरी २६ का दिन हुने ७०औँ गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी दिएका हुन् । मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरूको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रूपमा उपस्थित…