अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत-पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने जिकीर गरेका छन् । 'हामीले शान्ति सम्झौता गरिरहेका छौँ, युद्धहरू रोकिरहेका छौँ । भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्धहरू पनि रोकेका छौँ', शनिबार (सेप्टेम्बर २०) अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको…