वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको ‘अक्सिजन वृद्धि’ पत्ता लगाए

अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन-कम अवस्थाबाट अक्सिजन-धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ । प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च-रिजोलुसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत टोलीले वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशील अन्तरक्रिया पुनर्निर्माण गरेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय (युडब्लुए)ले बिहीबार (२८ अगस्ट) जारी गरेको विज्ञप्तिमा उल्लेख छ…