वासिङटन डिसी (अमेरिका)मा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए । प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 'हाम्रो जीवनका लागि पदयात्रा' नाम दिइएको…