छुरी-हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन

गत अगस्टमा न्युयोर्कमा छुरा-हमलामा परेका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका निकटजनले खुलासा गरेका छन् । सलमानको एउटा हात पनि नचल्ने भएको बताइएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका रुस्दीका एजेन्टलाई उद्धृत गर्दै स्पेनको एल पेस पत्रिकाले जनाएअनुसार सलमान रुस्दीमाथि भएको त्यो क्रुर हमला थियो । एल…