अपहरण गरिएको आरोप लगाउँदै डुटेर्तेकी छोरीद्वारा स्वदेश फिर्ता गर्न अपिल फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेलाई लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)मा सुनुवाईका लागि लगिँदै गरेको छ । पूर्व राष्ट्रपति डुटेर्तेलाई लिएर नेदरल्याण्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार (१२ मार्च) पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्र्याकिङ साइट’ले जनाएको छ । डुटेर्ते…