जुन सपनाले युरोपसम्म डोहोरिएँ र आज जे भोगिरहेको छु…

■ अर्पण तिवारी, स्पेन म स्याङ्जामा जन्मिएर त्यहीँ हुर्किएको युवा हुँ । सानो छँदाको दुःख–अभाव त्यति याद आउँदैन, सायद धेरै नै दुःखमा हुर्किएर होला । सानैमा बाबाको निधन र त्यसपछि बितेका कालखण्डका जति कहरहरू सम्झिने गर्छु, त्यो भन्दा दुःख त अब कोरोनापछिको भविष्यप्रति लागिरहेको छ । सानोमा गुरुङ गाउँमा हुर्किंदा लगाइसकेको पुराना मोजामा कागज र…