नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको निधनपछि काङ्ग्रेसको भविष्य के होला भन्ने चिन्ता बढिरहेका बेला कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीलाई दृढतापूर्वक हाँक्ने सङ्केत दिनुभएको छ । जहिल्यै पनि लोकतन्त्रको संस्थागत विकासमा जोड दिने कोइरालाकाद्दे भूमिकाको सर्वत्र प्रशंसासमेत भइरहेको छ । तीन दलबीचको तीनबुँदे सम्झौता, प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकार गठनबारे कोइरालासँग घटना र विचारका लागि ऋषि…