कोशी प्रदेशमा माओवादीको प्रतिष्पर्धा एमाले-काङ्ग्रेससितै हो : हर्क नेम्वाङ ‘मिक्सो’

मिक्सो भनेर चिनिने हर्कबहादुर नेम्बाङ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हुनुहुन्छ । पाँचथरको लुङरुपामा जन्मिनुभएका उहाँ २०५२ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । पाँचथरकै नाङ्गिनबाट एसएलसी उत्तीर्ण गरेपछि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्नुभएका मिक्सोले कक्षा ९ मा पढ्दा नै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । मिक्सो २०५७…