भारतको सिक्किमका पूर्वमुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्वमुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान…