महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार (२४ माघ) नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक प्रवचन कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा…