डायास्पोरा साहित्यका सिद्धान्तकार, युद्धसौन्दर्य चिन्तक तथा साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’माथि राजधानीमा अन्तरविमर्श कार्यक्रम आयोजना गरिएको छ । नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा शनिबार आयोजित अन्तरविमर्श कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष राई नेपाली डायास्पोराका असङ्ख्य स्रष्टामध्ये सर्वश्रेष्ठ स्रष्टा भएको दाबी गरे । उनले भने– ‘रक्ष एक…