नेताजी, पुतली र म

■ नारायण खनाल म सानो छँदा टालाटुली बटुलेर मेरी आमाले मलाई पुतली बनाइदिनुहुन्थ्यो चिरिच्याँट्ट पुतली देखेर औधि खुसी हुन्थेँ म बुर्कुसी मार्दै साने र च्यान्टीलाई देखाउन जान्थेँ पुतली देखेर साथीहरू डाहा गर्थे मेरी आमाको सीपलाई ‘आहा !’ भन्थे साँच्चै माया गरेर खाँदा, सुत्दा र हिँड्दा सँगसँगै राख्थेँ पुतलीलाई । तर, मैले जति माया गरे पनि…