नमागूँ म कहिल्यै पनि -रामेश्वर राउत मातृदास

सातै सागर अट्ने छाती लाज लुकाएर नमागूँ है कहिल्यै पनि शिर झुकाएर अनन्त छन् एउटै आकाश घाम जून मुहार सर्वोदय मुस्कुराउँछिन् धरती नवै दुवार ध्यान ज्ञान विद्या बुद्धि भण्डार फुकाएर नेपालीले नेपाल चुमौँ गौरव खुलाएर तपोभूमि नेपाल आमा युगौँ मुस्कुराउँछिन् सबको हित कल्याण गर्दै मरुदगणमा गाउँछिन् नखोसौँ है सर्वहितको मुहान सुकाएर जय नेपाल बोलौँ एक…