स्रष्टासम्मानको रजत वर्ष मनाउँदै साहित्यकला मन्दिर

श्री लुनकरणदास गंगादेवी साहित्यकला मन्दिरले स्रष्टासम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा यस वर्ष स्रष्टासम्मानको रजत वर्ष भव्य रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा निरन्तर रुपमा सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ पनि सुरु गरिएको…