नेपालको पहिलो राजमार्ग : सत्तरी वर्षमा ‘त्रिभुवन राजपथ’

इतिहास - सुनिल उलक वि.सं. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र आएपछि पहिलो विदेशी कुटनीतिक ब्यक्तिको भ्रमणको रूपमा २००८ सालको असार २ गते तत्कालिक भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका थिए । यही भ्रमणको समय राजा त्रिभुवनले देशमा सडक यातायातको असुविधा रहेको जानकारी गराएपछि पण्डित नेहरूले छिट्टै नै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन…