नमरी स्वर्ग देखिन्न !

आकस्मिक तवरमा बदलिएको राजनीतिक माहोलले काङ्ग्रेसभित्रका कैयन लोभीपापीहरूको सपना उजाडिदिएको छ । काङ्ग्रेसको पीडा आफ्नै ठाउँमा रहोस्, खिचातानीको यो खेलले सिङ्गो देशलाई नै सोचनीय अवस्थामा पुर्‍याइदिएको छ । विश्वकप फुटबलको रोमाञ्चक प्रतिष्पर्धाको धङधङी बाँकी रहँदै त्यसलाई एकाएक बिर्साइदिने ‘महा-रोमाञ्चक’ खेल आइतबार (१० पौष) देखियो । विश्वकप विशुद्ध खेल प्रतियोगिता थियो, जसले संसारलाई भरपुर मनोरञ्जन दियो…