बेलायती प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा, अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको उनको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरे, त्यसपछि ट्रसले राजिनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफुले प्रधानमन्त्रीबाट राजिनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न…