पुनः प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क सत्ता गठबन्धनलाई सजिलै बहुमत मिल्ने देखिँदैन । तर शेरबहादुर देउवा भने निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्छ । देउवाले आफ्नो हातबाट सत्ता गुम्ने कल्पनासम्म गर्नुभएको छैन । सत्तापक्षीय दलहरू नै प्रमुख विपक्षी दलविरुद्ध मोर्चाबन्दी गरेर चुनावी मैदानमा उत्रिएपछि आगामी संसदीय निर्वाचन परिणामले नकारात्मक अवस्था पैदा गर्नसक्ने चिन्ता थपेको छ…