काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने सूचना जारी गरिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमाभित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ ।…