औचित्यहीन मिसाइलहरू !

आन्तरिक स्वार्थको व्यवस्थापन गर्न नसकेको झोँकमा आरोप-प्रत्यारोप, कपट, झुट, गुट, उखान-टुक्का, कथा, रिस, घमन्ड, घृणाको खेती नयाँ चरणमा प्रवेश गरेको वाम राजनीतिमा ओली-प्रचण्ड ‘औचित्यहीन मिसाइल’ बन्न पुगेका छन् । दीपेन्द्र पाण्डे ०४६ को राजनीतिक परिवर्तनसँगै भूमिगत पार्टी नेकपा माले बागबजारमा पार्टी कार्यालय खोल्दै आधा झुल्कियो । एकाध नेता मात्र ३८ वर्षभन्दा माथि रहेको उक्त पार्टीमा…