छिरल्लिएका उच्छवासहरू !

पहिलेका मान्छेहरू मिसावटरहित ताजा खान्की खान्थे, चौतारामा भेला भएर दिल खोलेर हाँस्थे, भूमिकारहित बाँच्थे शतायु कुनै कष्ट बिना । अचेलको मनुष्य पुँजीवादी असन्तोषले भुटभुटिएको छ, तनावयुक्त जिन्दगी जिउँदो छ । दिल खोलेर हाँस्न सक्दैन अनि अल्पायुमा मर्दो छ । बलराम सिलवाल मीठा-घमीठा कामना सुरेली खेल्दै अघिल्तिर बढ्दा कतिपय उहापोहहरूले जिस्क्याउँछन् । ढुङ्गाको मन भएका अचेलका…