काङ्ग्रेस आउँदा काङ्ग्रेसीले मात्र मौका पाउने कम्युनिष्ट सत्तामा पुग्दा कम्युनिष्टले मात्र खाने-पिउने र राजसंस्था पुनर्बहाली हुँदा पञ्च र मण्डलेहरूले मात्र अवसर पाउने अवस्था-व्यवस्थाको चाहना नेपाली जनताले राखेका होइनन् । सिद्धान्ततः गणतन्त्रको वकालत गर्नेहरूको समेत आस्थाको केन्द्र बन्न सक्नुपर्छ राजाले । एउटा व्यक्ति या एकथरी मानिसको पिँजडामा पालिने सुगा-मैनाले अर्काथरीको भाषा र इच्छा बोल्ने सामर्थ्य राख्दैन…